काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरूलाई लक्षित गरी गालीगलौज तथा अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई साइबर ब्युरोको अनुसन्धानको आधारमा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका पोखरेललाई अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको पाँचथरका डीएसपी अनिश कर्णले जानकारी दिएका छन् ।
‘hades’ नामक युट्युब च्यानलमार्फत नेताहरूमाथि अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
