विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (आइतबार) रोमाञ्चक खेल हुँदैछ। काठमाडौंको चर्च ब्वाईज युनाइटेड र विभागीय टोली एपीएफ क्लब बीच प्रतिस्पर्धा हुन लागेको हो।
यो खेल विराटनगरस्थित सहिद रंगशाला मा साँझ ६ बजेदेखि सुरु हुनेछ। प्रतियोगिता शनिबारबाट सुरु भएको हो।
उद्घाटन खेलमा झापा–११ ले विभागीय टोली त्रिभुवन आर्मी क्लब लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा अगाडि बढ्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्, जसले खेललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
