काठमाडौँ । पुष्पकमल दाहालले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारे। आफूमाथि हुने सबै प्रकारका अनुसन्धानलाई सामना गर्न आफू तयार रहेको भन्दै उनले आफ्ना निर्णयहरू पारदर्शी रहेको जिकिर गरे।
उनले भने, “मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरैचोटी भनिसकेको छु। सम्पूर्ण छानबिनका लागि म तयार छु।”
वर्तमान सरकारको कार्यशैलीबारे सोधिएको प्रश्नमा भने उनले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए।
