काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन्। उनी आइतबार (चैत २९) भारतको आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुन जाने भएका हुन्।
उक्त कार्यक्रम डा. राममनोहर लोहियाको स्मृतिमा आयोजना गरिँदै आएको वार्षिक कार्यक्रम हो, जुन पछिल्ला वर्षहरूमा निरन्तर हुँदै आएको बताइएको छ। कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी पनि सहभागी हुने जनाइएको छ।
भट्टराईले भारत भ्रमणकै क्रममा वैशाख २ गते साउथ एसियन युनिभर्सिटी, नयाँ दिल्लीमा आयोजना हुने अर्को कार्यक्रममा पनि प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
उनी वैशाख २ गते साँझ नै नेपाल फर्किने कार्यतालिका रहेको छ।
