पाँचथर । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका १३ जना कैदीहरू पाँचथरमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार विभिन्न समयमा गरिएको खोजी अभियानका क्रममा ती फरार कैदीहरूलाई नियन्त्रणमा लिइएको हो।
शुक्रबार तुम्बेवा गाउँपालिका–२ बाट एक जना फरार कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको झुम्का कारागारबाट भागेका ३५ वर्षीय रमेश लावती रहेका छन्।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्षको सजाय पाएका लावतीले हालसम्म करिब ७ वर्ष कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ। उनी घरमा रहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार हालसम्म १३ जना फरार कैदी पक्राउ परिसकेका छन् भने बाँकीको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ। डीएसपी कर्णले फरार कैदी तथा बन्दीहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालन थप कडाइ गरिएको जानकारी दिए।
