खोटाङ । हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको छ। संस्थागत विकास, प्रभावकारी सेवा प्रवाह र वित्तीय सुशासनका आधारमा नगरपालिकाले उक्त सम्मान प्राप्त गरेको हो।
नेपाल नगरपालिका संघ को ३३औँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले नगरप्रमुख विमला राईलाई सम्मान प्रदान गर्नुभएको हो। साथै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा हलेसी तुवाचुङ नगरपालिकालाई सर्वोत्कृष्ट स्थानीय तहका रूपमा समेत घोषणा गरिएको
