काठमाडौँ । नेपाल हक्की संघले पुरुष र महिला राष्ट्रिय हक्की टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा राखेप सदस्य राम चरित्र मेहता र संघका अध्यक्ष अनिल प्रसाद शर्माले संयुक्त रूपमा जर्सी अनावरण गर्नुभएको हो। संघले पुरुष टिमका लागि रातो र महिला टिमका लागि पिङ्क रंगको जर्सी तयार गरेको छ। साथै, गत फागुनमा काठमाडौँमा भएको राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा पुरुष र महिला दुवै टिममा २६–२६ खेलाडी छनोट गरिएको छ, जसमा महिला टिमकी कप्तान अंकिता अधिकारी र पुरुष टिमका कप्तान कुशल नेपाली रहनुभएको छ। कार्यक्रममा राखेपका सदस्य सचिव मेहताले हक्कीको विकासमा संघको प्रयास सराहनीय रहेको बताउँदै सरकारसँगै निजी क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो भने संघका महासचिव सुवर्ण श्रेष्ठले यो जर्सी सार्वजनिकसँगै हक्की खेलको नयाँ सुरुवात भएको र आगामी दिनमा प्रायोजक खोज्ने योजना रहेको जानकारी दिनुभयो, साथै काभ्रेको धुलिखेलमा हक्कीका लागि छुट्टै स्टेडियम निर्माण गर्ने तयारी भइरहेको र यसले नेपालमा हक्की खेलको विकास तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता मजबुत बनाउने अपेक्षा गरिएको छ।
नेपालको राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक, २६–२६ खेलाडी घोषणा
काठमाडौँ । नेपाल हक्की संघले पुरुष र महिला राष्ट्रिय हक्की टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा राखेप सदस्य राम चरित्र मेहता र संघका अध्यक्ष अनिल प्रसाद शर्माले संयुक्त रूपमा जर्सी अनावरण गर्नुभएको हो। स...
1 min read
Share
