काठमाडौँ — मोरिसस भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकर बीच भेटवार्ता भएको छ।
हिन्द महासागर सम्मेलन मा सहभागी हुन पोर्ट लुइस पुगेका दुई मन्त्रीबीच शुक्रबार उक्त भेट भएको हो।
भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
वार्तामा नेपाल र भारतबीचको लामो समयदेखिको बहुआयामिक सम्बन्धको समीक्षा गरिएको थियो। साथै, आपसी हितका विविध विषयमा रचनात्मक र भविष्यमुखी छलफल भएको जनाइएको छ।
दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत सकारात्मक धारणा आदानप्रदान गरेका थिए।
