काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन बिहीबार घटेको सुनको भाउ यसदिन फेरि उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला रु. २,९६,९०० मा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा सुन प्रतितोलामा रु. २,२०० ले वृद्धि भएको हो। बिहीबार सुन प्रतितोला रु. २,९४,७०० मा किनबेच भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला रु. ४,८७५ मा कारोबार भएको चाँदी आज रु. ४,९६० पुगेको छ, जसअनुसार प्रतितोला रु. ८५ ले वृद्धि भएको देखिन्छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। आज सुन प्रतिऔंस अमेरिकी डलर ४,७६० मा कारोबार भइरहेको जनाइएको छ।
