काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ।
बैठकमा मुख्य रूपमा आजै हुने उपसभामुख निर्वाचन र समसामयिक राजनीतिक विषयहरूबारे छलफल हुने पार्टीले जनाएको छ।
उपसभामुख पदका लागि रुबी कुमारी ठाकुर र सरस्वती लामा प्रतिस्पर्धामा रहेका छन्। ठाकुर श्रम संस्कृति पार्टीकी उम्मेदवार हुन् भने लामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हुन्।
ठाकुरले रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्, जसले उनको सम्भावनालाई बलियो बनाएको राजनीतिक विश्लेषण गरिएको छ। प्रतिनिधि सभामा रास्वपाको प्रभावशाली स्थिति रहेकाले ठाकुर उपसभामुखमा निर्वाचित हुने सम्भावना उच्च रहेको बताइएको छ।
बैठकले पार्टीको औपचारिक धारणा तय गर्ने र निर्वाचन रणनीतिबारे पनि निर्णय गर्ने अपेक्षा गरिएको छ।
