काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरीले सिन्धुली र उदयपुर बाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपाल प्रहरी को टोलीले सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट ६ किलोग्राम गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ आहालेका ३७ वर्षीय टेकबहादुर मगर रहेका छन्।
यसैगरी सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारबाट प्रहरीले ट्रामाडोल ५ हजार ट्याब्लेटसहित अर्को व्यक्तिलाई पक्राउ गरेको छ। ट्रामाडोल चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने औषधि हो।
पक्राउ पर्नेमा सोही गाउँपालिकाका २१ वर्षीय अबजल अन्सारी रहेका छन्। उनलाई बिहीबार नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
