सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी एक पूर्व वडा अध्यक्षको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्द का अनुसार मर्चवारी गाउँपालिका–३ का ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल रोकीराखेको ट्रलीमा ठोक्किँदा गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उनलाई उपचारका लागि भीम अस्पताल, भैरहवा लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
