काठमाडौं – विद्युतीय चुरोट (भेप)को आवरणमा सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। महरसँगै सहसचिव अरुण पोखरेललाई पनि प्रतिवादी बनाइएको छ भने, उनका छोरा राहुल महरासमेत मुद्दामा समावेश छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुन ओसारपसार गरेको अभियोगमा करिब ७ करोड रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको स्रोतले जानकारी दिएको छ।
अख्तियारको अनुसन्धान अनुसार, पुस २०७९ मा चिनियाँ गिरोहले भेपभित्र सुन भित्र्याएको थियो र यसमा पूर्वसभामुख महरा र अन्य प्रतिवादीहरूको संलग्नता रहेको आरोप छ।
विशेष अदालतले मुद्दा दर्ता प्रक्रिया अघि बढाउँदै गर्दा, यस प्रकरणले देशमा सुन तस्करी र राजनीतिक व्यक्तित्वको संलग्नताबारे व्यापक ध्यानाकर्षण गरेको छ।
