काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। २५ वर्षीया ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामाले पनि उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। लामा पनि राप्रपाको समानुपातिक सांसद हुन्।
उपसभामुख पदका लागि उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो। सभामुख पुरुष निर्वाचित भइसकेकाले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख महिला हुनुपर्ने प्रावधानका आधारमा दुवै महिला उम्मेदवार मैदानमा उत्रिएका छन्।
