कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ।
मुख्यमन्त्री कार्कीकी ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको हो।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार करिब एक महिना अघि उनको खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया गरिएको थियो।
स्वर्गीय कार्कीका दुई छोरा र पाँच छोरी रहेका छन्। परिवारले अन्त्येष्टि तथा अन्य धार्मिक संस्कारका तयारी गरिरहेको जनाएको छ।
