काठमाडौँ । अघिल्लो दिन ८३ अंकको वृद्धिपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा थप ४५.१२ अंकको वृद्धि भएको छ। यससँगै नेप्से सूचक २,८०२.५२ अंकमा पुगेको छ।
आजको दिनमा कारोबार केही घटेको नेप्सेले जनाएको छ। दोस्रो बजारमा १ करोड ८८ लाख १६ हजार कित्ता शेयर किनबेच भएको र कुल कारोबार रकम ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ रहेको छ।
आज बजारमा १३ वटै उपसूचक धनात्मक देखिएका छन्। कुल २५१ कम्पनीको शेयर मूल्य बढ्दा, १५ कम्पनीको मात्र मूल्य घटेको छ। विशेषगरी रिलायन्स कम्पनीसहित चार कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ।
विश्लेषकका अनुसार नेप्सेमा लगातार हरियाली देखिनु बजारमा लगानीकर्ताको विश्वास र सकारात्मक वातावरणको संकेत हो। यस वृद्धिले शेयर बजारमा स्थिरता र सुधारको संकेत प्रदान गरेको छ।
