कञ्चनपुर । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच भएको झडपमा पाँच जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब १२ बजेतिर कैदीबन्दीहरूबीच सामान्य विवादबाट सुरु भएको झैझगडा होहल्ला र गालीगलौज बढ्दै जाँदा झडपमा परिणत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ।
झडपमा शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई घाइते भएका छन्।
घाइते सबैको महाकाली प्रादेशिक अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट १९ जनाको टोली खटिएको थियो। प्रहरीको हस्तक्षेपपछि अवस्था नियन्त्रणमा आएको जनाइएको छ।
