कैलाली । कैलालीमा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरीका अनुसार २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय कासिम अली जागार पक्राउ परेका हुन् ।
पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
