राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्ष (वैशाख १ देखि चैत २४ सम्म) देशभर ७ हजार ५ सय ४७ विपद् घटना भएका छन्, जसबाट १३ हजार ५ सय ४ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। बाढी, पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो लगायतका विपद्ले ठूलो जनधनको क्षति पुर्याएका छन् भने सामान्य सावधानी अपनाउँदा रोक्न सकिने आगलागीका घटना सबैभन्दा धेरै (३,६५२) भएका छन्, जसमा १०४ जनाको मृत्यु, ५६३ घाइते र ४,१८२ परिवार प्रभावित भएका छन्। त्यस्तै बाढीबाट ३२८ घटनामा ३९ जनाको मृत्यु, २७ बेपत्ता र १४ घाइते, पहिरोबाट ६२१ घटनामा ७६ जनाको मृत्यु, भारी वर्षाबाट ४४६ घटनामा ७ मृत्यु र २० घाइते, चट्याङबाट ४१९ घटनामा ४८ मृत्यु, ३१२ घाइते र ५२२ परिवार प्रभावित भएका छन्। यस अवधिमा हावाहुरी, वन डढेलो, जनावर आक्रमण र लेक लाग्नेजस्ता घटनासमेत उल्लेख्य रूपमा भएका छन् भने समग्रमा ४९० जनाको मृत्यु, ३८ बेपत्ता र १,९६५ घाइते भएको प्राधिकरणले जनाएको छ।
एक वर्षमा ७,५४७ विपद् घटना: ४९० जनाको मृत्यु, आगलागी सबैभन्दा बढी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्ष (वैशाख १ देखि चैत २४ सम्म) देशभर ७ हजार ५ सय ४७ विपद् घटना भएका छन्, जसबाट १३ हजार ५ सय ४ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। बाढी, पहिरो, भारी वर्षा, चट्य...
1 min read
Share
