झापा । झापाको कमल गाउँपालिका–६ का २४ वर्षीय नवराज भट्टराईलाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।
उनीलाई मेचीनगर नगरपालिका–६बाट मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो।
लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले पैदल हिँडिरहेका बेला शंका लागेपछि भट्टराईलाई रोकेर शरीर खानतलासी गरेको थियो।
तलासीका क्रममा उनको साथबाट ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका भट्टराईलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ।
