काठमाडौँ । सार्वजनिक स्थानमा एक वृद्धमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वसन्तपुर दरबार क्षेत्रमा एक वृद्धलाई कुटपिट गरिएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका–थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
हाल प्रहरी वृत्त जनसेवाबाट घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
