काठमाडौँ । बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल सहित हुने उक्त संवादले नेपालको कूटनीतिक अभ्यासमा नयाँ सन्देश दिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले बताएका छन्।
भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
यसअघि नयाँ प्रधानमन्त्रीले विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै भेट गर्ने अभ्यास रहेकोमा यसपटक सामूहिक रूपमा संवाद गर्न लागिएको हो, जसलाई कूटनीतिक शैलीमा परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
भेटमा परराष्ट्र सचिव अमृतबहादुर राई लगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहने बताइएको छ।
