काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले प्रतिनिधि सभामा कृषि मलको आवश्यक व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।
मंगलवारको बैठकमा सांसद ओलीले रोपाइँको मौसम नजिकिँदै गर्दा किसानले मल समयमै पाउनुपर्ने आवश्यकता औँल्याउँदै, पश्चिम एशियाको द्वन्द्वले मलको मूल्य वृद्धिको र आपूर्ति संकटको संकेत देखिएका कारण सरकारको तत्काल रणनीति के भएको हो भनी प्रश्न गरिन्।
उनले भनेकी छन् कि मलको अभावले किसान पीडित हुने, उत्पादन घट्ने, खाद्य सुरक्षा जोखिममा पर्ने र अर्थतन्त्रमा गम्भीर असर पर्ने भएकाले वैकल्पिक आपूर्ति स्रोत खोज्ने, आपूर्ति विविधीकरण गर्ने र कृषि तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर समस्या समाधान गर्न सरकारले तुरुन्त कदम चाल्नुपर्ने छ।
सांसद ओलीले कृषि मलको सहज आपूर्तिका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी पनि आवश्यक रहेको जोड दिइन्।
