काठमाडौं – सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास महसुलमा आधा छुट दिने निर्णय गरेको हो। यस कदमले इन्धन मूल्यमा स्थिरता ल्याउने र आम नागरिक तथा व्यवसायीलाई राहत दिने अपेक्षा गरिएको छ।
