काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
बैठकमा नेपाल राष्ट्र बैंक को डेपुटी गभर्नर नियुक्ति सम्बन्धी विषयमा छलफल हुने सम्भावना रहेको बताइएको छ । यद्यपि बैठकका आधिकारिक एजेन्डाबारे औपचारिक रूपमा केही खुलाइएको छैन ।
सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहे पनि आकस्मिक परिस्थिति उत्पन्न हुँदा विशेष बैठक बोलाइने गरिन्छ ।
