सरकारले भारतसहित ६ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार राजनीतिक नियुक्तिका आधारमा विभिन्न देशमा पठाइएका राजदूतहरूलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो।
फिर्ता बोलाइएकामध्ये भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे र अस्ट्रेलियाका लागि चित्रलेखा यादव रहेका छन्। उनीहरू दुवै प्रमुख राजनीतिक दलका पूर्व सांसद तथा नेतासमेत हुन्। त्यस्तै श्रीलङ्काका डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुमिना तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई पनि फिर्ता बोलाइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार हाल यी राजदूतहरूलाई एक महिनाभित्र स्वदेश फर्किन समय दिइएको छ। फिर्ता बोलाइएसँगै अब १७ देशका नेपाली दूतावासहरू राजदूतविहीन बनेका छन्। मन्त्रालयले रिक्त स्थानमा चाँडै नयाँ राजदूत नियुक्त गर्ने तयारी भइरहेको जनाएको छ।
यसअघि चुनावपछि बनेको सरकारले राजनीतिक नियुक्तिका आधारमा गएका राजदूतहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेको भए पनि उनीहरूले राजीनामा नदिएपछि सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो।