विराटनगर — कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश सभाको चालु आठौँ अधिवेशन सोमबार अन्त्य गरेका छन्। प्रदेश सरकारको सिफारिसअनुसार अधिवेशन मध्यरातदेखि प्रभावकारी हुने गरी समाप्त गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारले मिति २०८२/१२/२३ गते सिफारिस गरेको निर्णयअनुसार अधिवेशन अन्त्य गरिएको हो।

