श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारको कामशैलीप्रति आक्रामक टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नयाँ सरकार आए पनि व्यवहारमा पुरानै जस्तो देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
साम्पाङले लेखेका छन्, “पहिलेका मन्त्रीले फोन उठाउँदैनथे, अहिलेका पनि उस्तै छन्। पहिले विदेशी ऋण लिएर मोज गर्थे, अहिलेका पनि त्यही बाटोमा छन्,” जसले सरकारको नीति तथा कार्यप्रणालीमाथि प्रश्न उठाएको छ।
जेन–जेड आन्दोलनपछि बनेको भनिएको सरकारले वास्तविक परिवर्तन ल्याएको छ कि छैन भन्ने विषयमा उनले प्रश्न गर्दै “खोइ त परिवर्तन? यही हो नयाँ सरकार?” भन्दै सरकारप्रति बढ्दो असन्तुष्टि र अविश्वास व्यक्त गरेका छन्।
साम्पाङको अभिव्यक्तिले नयाँ सरकारप्रति नागरिक र राजनीतिक सरोकारवालामा व्याप्त अपेक्षा र निराशाबीचको अन्तर देखाएको छ।

