काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कालिकास्थानस्थित पञ्जीकरण विभागमा सोमबार बिहान आकस्मिक अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्री गुरुङले सेवा प्रवाहको अवस्था, कर्मचारीको अनुशासन तथा वेबसाइट ह्याक भएको विषयबारे प्रत्यक्ष जानकारी लिएका थिए। उनले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिएका छन्।
विशेषगरी राष्ट्रिय परिचयपत्र वितरणमा भइरहेको ढिलाइ र सेवाग्राहीले भोग्नुपरेको सास्तीबारे उनले चासो व्यक्त गर्दै प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
