काठमाडौँ — नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ। गत शुक्रबार र आइतबार स्थिर रहेको सुनको मूल्य यसदिन उल्लेख्य रूपमा घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार भने सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि सोमबार घटेको छ। आइतबार प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले कम हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। आज सुन प्रतिऔंस ४ हजार ६६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
