लेबनान । बेइरुत का ज्नाह र ऐन सादेह क्षेत्रमा इजरायल ले गरेको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।
ज्नाह क्षेत्रमा भएको आक्रमणमा १५ वर्षीया एक बालिकासहित पाँच जनाको ज्यान गएको छ। यस आक्रमणमा आठ बालबालिकासहित ५२ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
त्यसैगरी, मात्न जिल्लाको ऐन सादेह क्षेत्रमा गरिएको अर्को आक्रमणमा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने अन्य तीन महिला घाइते भएका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालय का अनुसार २ मार्चयता जारी आक्रमणहरूमा हालसम्म १ हजार ४६१ जनाको मृत्यु भइसकेको छ भने ४,४३० जना घाइते भएका छन्।
मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण सर्वसाधारण नागरिकहरू सबैभन्दा बढी प्रभावित भइरहेका छन्, जसले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाएको छ।
