काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा का बैठक आज छुट्टाछुट्टै बस्दै छन्। दुवै सदनमा महत्वपूर्ण विधेयक, अध्यादेश र पदाधिकारी चयनसम्बन्धी कार्यसूची तय गरिएको छ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा गृहमन्त्री सुदन गुरुङ ले तीन वटा अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पद्मप्रसाद पाण्डेय ले जानकारी दिएका छन्। प्रस्तुत गरिने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन्।
यस्तै, राष्ट्रियसभा को बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा सदस्य प्रेमप्रसाद दंगाल ले लिलाकुमारी भण्डारी लाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
