काठमाडौँ । सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा रहनेछ। बिदा थपिएसँगै सरकारी कार्यालयको कार्य समय पनि परिवर्तन गरिएको छ। अब कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। शैक्षिक संस्थाहरूमा भने यो समय लागू नहुने जनाइएको छ। बैठकले विभिन्न विकास परियोजनाका लागि अन्तर्राष्ट्रिय ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट’ का लागि एडीबीबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरिनेछ। त्यस्तै, ‘दिगो र समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरिएको छ। सरकारले सबै मन्त्रालय, सचिवालय, आयोग तथा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको राजीनामा पनि स्वीकृत गरिएको छ। यसैगरी, वातावरण संरक्षण र इन्धन खपत घटाउने उद्देश्यले पेट्रोल र डिजेल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरिएको छ। आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषय भने आगामी बैठकमा निर्णय हुने बताइएको छ।
सरकारले सातामा दुई दिन बिदा लागू गर्ने, शनिबार–आइतबार सार्वजनिक बिदा
काठमाडौँ । सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षाम...
1 min read
Share
