काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा आफ्नो संसदीय दलको नेता चयन गरेको छ।
पार्टीले राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदीलाई दलको नेता बनाएको हो। सुवेदीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आजै औपचारिक पत्र प्राप्त भएको जानकारी दिएका छन्।
नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दलका रूपमा रहेको छ।
यसैबीच, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षका रूपमा कार्यरत छन्।
