काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आइतबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक विषयहरूमा छलफल गरी विभिन्न निर्णय पारित गरिने जनाइएको छ।
यसैबीच, आजै शीतल निवासमा नव–निर्वाचित सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराउनेछन्।
मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री शाह सो कार्यक्रममा सहभागी हुन शीतल निवास जाने कार्यक्रम तय भएको छ।
