काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पनि सुनको भाउ स्थिर रहेको छ।
शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार र शुक्रबार पनि सुन यही मूल्यमा किनबेच भएको थियो। लगातार केही दिनदेखि मूल्य स्थिर रहँदा बजारमा ठूलो उतारचढाव देखिएको छैन।
त्यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। शुक्रबार प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ६ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
