चितवन । भरतपुर महानगरपालिका–३ नगरवन क्षेत्रमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत घर भई सोही स्थानमा बस्दै आएका १० वर्षीय इरेस घोस्ले रहेका छन् ।
नगरवन मार्गमा बा.प्र.०६००१ ख ०४९२ नम्बरको बस गए राति पार्किङका लागि पछाडि सार्ने क्रममा सहचालकले चलाउँदा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका घोस्लेको उपचारका क्रममा भरतपुर अस्पताल मा मृत्यु भएको हो ।
ठक्कर दिने बस र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय चितवन का प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् ।
