काठमाडौँ । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान ८:३४ बजे गएको उक्त भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का कास्की आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
हालसम्म भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।
