काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइएको जस्तो अवस्था रहेको टिप्पणी गरेका छन्।
आइतबार (चैत २२) सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्दै विगतको अवस्थाप्रति संकेत गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा गृहमन्त्री बनेपछि पछिल्ला दिनहरूमा ठूला राजनीतिक व्यक्तित्वहरूमाथि कारबाही तीव्र बनेको छ। सो क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक लगायत नेताहरू पक्राउ परिसकेका छन्।
गृहमन्त्री गुरुङको पछिल्लो अभिव्यक्तिलाई सुरक्षा संयन्त्रलाई स्वतन्त्र रूपमा काम गर्न नदिइएको अतीतप्रति लक्षित टिप्पणीका रूपमा हेरिएको छ।
