काठमाडौँ । निर्वाचन आयोग ले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगको यही चैत १८ गतेको बैठकले कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो।
राष्ट्रिय परिचयपत्र नम्बर भएका नेपाली नागरिकहरूले उक्त नम्बर प्रयोग गरी अनलाइनमार्फतै आफ्नो विवरण प्रविष्ट गरी नाम दर्ता गर्न सक्नेछन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार, राष्ट्रिय परिचयपत्र नभएका नागरिकहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्नेछ।
यसका साथै, प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत पनि मतदाता नाम दर्ता गराउन सकिने व्यवस्था गरिएको छ।
