झापा । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो ।
आचार्य आफन्तकहाँ गएकी थिइन् र बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेती को घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भिर घाइते भएकी थिइन्। उनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज मा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक वसुन्धरा खड्का ले जानकारी दिनुभयो।
प्रहरीका अनुसार, ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का हेमसागर भट्राई को कोठामा पाहुनाका रूपमा आएकी आचार्य खेल्ने क्रममा झ्यालबाट खसेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
