काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दल नेता ज्ञानेन्द्र शाही बीच शनिबार भेटघाट भएको छ। लामिछानेको निजी निवासमा करिब एक घण्टासम्म चलिएको संवाद अर्थपूर्ण ठानिएको छ।
प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबीचको भेटको मुख्य एजेन्डा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिमा केन्द्रित रहेको बुझिएको छ।
रास्वपा ले यसअघि नै डीपी अर्याल लाई सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने बाध्यता रहेको हुँदा रास्वपाले सत्ता पक्षभन्दा बाहिरका दलहरूसँग सहकार्य गर्नुपर्ने स्थिति छ।
