काठमाडौँ । डा. शेखर कोइराला ले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्ट बताएका छन्। शनिबार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल को वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालमा आफूलाई कुनै पक्षसँग जोडिएको प्रचारप्रति आपत्ति जनाएका छन्।
नेता कोइरालाले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउनु रहेको र त्यसका लागि अन्तिमसम्म प्रयास गर्ने बताए। उनले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउने आफ्नो चाहना पनि व्यक्त गरेका छन्।
सो अवसरमा उनले बिपी कोइरालाको नाममा सञ्चालित उक्त अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूको योगदान महत्वपूर्ण हुन सक्ने उल्लेख गरेका छन्।
