काठमाडौँ । नवनियुक्त डोलप्रसाद अर्यालले आइतबार दिउँसो ३ बजे शितल निवास मा सभामुखको सपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरू उक्त कार्यक्रममा उपस्थित रहनेछन्।
प्रतिनिधिसभा सभामुखको निर्वाचन अन्तर्गत तोकिएको समयभित्र रास्वपा का उपसभापति अर्यालको मात्र उम्मेदवारी परेको कारण उनी निर्विरोध निर्वाचित भएका थिए।
सभामुख अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोविता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए।
