काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लाई आफ्ना मातहतका सबै निकायको स्वीकृत दरबन्दी (स्टाफ संरचना) को एकीकृत विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
शुक्रबार मन्त्रालयले जारी गरेको सूचनामा सबै प्रदेश सरकारलाई आफ्ना कार्यालय अन्तर्गतका स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको इमेल ठेगानामा पठाउन अनुरोध गरिएको छ।
यस कदमको उद्देश्य सातै प्रदेशका कार्यालयहरूको स्टाफ संरचनालाई व्यवस्थित रूपमा समेटेर सङ्घीय स्तरमा एकीकृत तथ्याङ्क तयार गर्नु रहेको मन्त्रालयले जनाएको छ।

