काठमाडौं । पेन्टागन ले इरानसँगको युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।
पेन्टागनका अनुसार अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सुरू भएयता कुल ३६५ अमेरिकी सैनिक घाइते भएका छन्। विभिन्न सैन्य शाखाबाट संकलित तथ्यांकका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो।
घाइते सैनिकमध्ये अमेरिकी आर्मीका २४७, नेभीका ६३, मरिनका १९ र एयर फोर्सका ३६ जना रहेका छन्। उनीहरू इरानतर्फबाट भएका आक्रमणका क्रममा घाइते भएको जनाइएको छ।
बीबीसी का अनुसार युद्धका क्रममा अमेरिकी सैन्य बलले उल्लेखनीय क्षति बेहोर्नु परेको छ।
