कलाकार Sagar Lamsal पक्राउ परेका छन्। उनलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी Ramesh Thapa ले जानकारी दिएका छन्।
लम्सालमाथि अमेरिकामा बस्दै आएकी एक युवतीले बलात्कारको आरोप लगाएकी छन्। ती युवतीका अनुसार करिब एक वर्षअघि अमेरिकामै लम्सालले आफूलाई जबर्जस्ती गरेको दाबी गरिएको छ।
घटनापछि सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट अनुसन्धानको माग बढ्दै गएपछि प्रहरीमाथि दबाब परेको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पीडित युवतीले सार्वजनिक रूपमा आफ्नो अनुभव सुनाउँदै विश्वास गरेको व्यक्तिबाट धोका पाएको उल्लेख गरेकी छन्। उनले लामो समयदेखि चिनजान रहेको व्यक्तिलाई विश्वास गरेर आफ्नो अपार्टमेन्टमा लगेको र त्यही क्रममा आफू बलात्कृत भएको आरोप लगाएकी छन्।
हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
