काठमाडौँ । गुण्डा नाइके बलराम सापकोटा (बले) पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रमा पक्राउ गरिएको हो। सापकोटा यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका थिए।
‘हेलिकप्टर बले’ भनेर चिनिने सापकोटा क्यासिनोलगायतका व्यवसायमा संलग्न रहेको बताइन्छ। यसअघि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत दर्ता भएको थियो।
प्रहरीले हाल घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
