काठमाडौँ । डीपी अर्याल ले प्रतिनिधिसभा सभामुख पदमा मनोनयन दर्ता गराएका छन्। उनी शुक्रबार सिंहदरबार पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्।
अर्यालको प्रस्तावकमा पार्टी सभापति र प्रतिनिधिसभा सदस्य रवि लामिछाने रहेका छन्। समर्थकको रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकोले डीपी अर्याल को सभामुखमा निर्वाचित हुने सम्भावना प्रबल छ। सभामुखको निर्वाचन आइतबार सञ्चालन हुनेछ।
