काठमाडौँ । नेपाली बजारमा शुक्रबार (आज) सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँ घटेको थियो।
यसैबीच चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यसबीच, बजार विशेषज्ञहरूले अन्तर्राष्ट्रिय बजारका उतार–चढावसँगै स्थानीय मूल्य पनि प्रभावित हुने भएकाले व्यापारी र उपभोक्तालाई सचेत रहन सुझाएका छन्।
